काठमाण्डौ । वियोगान्त गीतहरूमा छोटो समयमै सबै माझ राम्रो परिचय बनाउन सफल गायक हुन गणेश अधिकारी । विदेशिने नेपाली र माया प्रेममा बिछोड हुने कथालाई उनले अरुले भन्दा फरक ढंगले गीतमा उठाउने गर्दछन् । उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना गर्न माहिर उनै अधिकारीको नयाँ गीत मलम पट्टी भर्खर मात्र सार्वजनिक भएको छ ।
सुनिता बूढा र गणेश अधिकारीको आवाज रहेको गीतमा लय तथा शब्द सिर्जना समेत अधिकारीले नै गरेका छन । एक पछि अर्को उत्कृष्ट गीत सार्वजनिक गरिरहेका अधिकारी पछिल्लो गीतबाट राम्रो प्रतिक्रियाहरू आइरहेको बताउनु हुन्छ ।
स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा सारिका केसी,सुवास अर्याल,सुजन शर्मा र अप्सरा खरेलको अभिनय रहेको छ । गीतलाई योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।