कालिका नगरपालिका २ का वडा अध्यक्ष पौडेलले घर घर पुगेर वितरण गरे वृद्ध भत्ता

कमल राज ढकाल /चितवन - संघीयता आएसँगै स्थानिय निकाए जनतासँग निकै नजिक भएर काम गरिरहेका छन् । धेरै यस्ता जनप्रतिनिधिहरु छन् जसले जनताको मन् छुने गरी काम गरिरहेका छन् । 

यसै बीच कालिका नगरपालिका वडा न २ को वडा अध्यक्ष लक्ष्मन पौडेल वडामा आउन नसक्ने जेष्ठ नागरिकहरुलाई उनीहरूकै घर घरमा पुगेर जेष्ठ नागरिक भता बितरण गरेका छन । 

सो वडा भरिमा रहेका ३१९ जना मध्य असक्त भइ वडा कार्यलयमा उपस्थिति हुन नसकेका २३ जना जेष्ठ नागरिकलाइ घर घरमा गइ भत्ता बितरण गर्नुभएको छ ।

घरमै भत्ता पाएपछि नागरिकहरु पनि दङ्ग छन् । दल बहादुर कार्की, राम रति महत्तो थरुनी ,केदरदिन अर्याल लगाएतले घरमै भत्ता पाउँदा खुसी भएको बताउनु भयो । उहाँहरूले वडा  अध्यक्ष ले राम्रो सुरुवात गरेकोमा खुशी प्रकट गर्नु भयो ।  

उता वडा अध्यक्ष पौडेलले आफूहरु जनताको सेवक भएको बताउँदै जनताको घर दैलोमा पुगेर सेवा गर्न पाउँदा खुसी लागेको बताउनु भयो । 

प्रतिक्रिया