• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शिक्षा/स्वास्थ्य ,
  • पत्रपत्रिका

बिमा गरे पनि महँगो औषधि भने निजीमै किन्न बाध्य जनता

काठमाडाैं - स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत औषधि लेख्दा कम्पनीको नाम नभई जेनेरिक नाम मात्र लेख्न सुझाव दिइएको छ। बिरामीले औषधि स्टक राख्दा पनि कहिलेकाहीं अभाव हुने समस्या औंल्याइएको छ।

हाल स्वास्थ्य बिमा बोर्डका अध्यक्ष र कार्यकारी निर्देशक दुवै पद खाली रहेका छन्। अध्यक्ष डा. गुणराज लोहनीले गत भदौमा राजीनामा दिएपछि र कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल मंसिर २५ मा समाप्त भएपछि यी पद खाली भएका हुन्।

सरकारले २०७२ चैत २५ मा कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अहिले देशभरका ७७ जिल्लामा लागू भइसकेको छ। हालसम्म ४४० स्वास्थ्य संस्थाले बिमा कार्यक्रमअन्तर्गत सेवा दिने गरी सम्झौता गरेका छन्।

स्वास्थ्य बिमा कार्यक्रम अनुसार, प्रतिपरिवार ३,५०० रुपैयाँ तिर्दा वार्षिक एक लाख रुपैयाँसम्म स्वास्थ्य सुविधा पाइन्छ। परिवारमा सदस्य थपिएमा प्रति सदस्य ७ सय रुपैयाँ थप गरी प्रत्येक सदस्यका लागि २० हजार रुपैयाँसम्मको सुविधा पाइनेछ। अधिकतम सीमा भने १० जनासम्मको परिवारका लागि २ लाख रुपैयाँ निर्धारण गरिएको छ। सेवा लिँदा १० प्रतिशत शुल्क अनिवार्य बुझाउनुपर्ने प्रावधान छ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार, महँगा चस्मा, श्रवण यन्त्र, सेतो छडी, बैसाखी, गम्भीर अपांगता, पोलिएको अवस्थामा हुने उपचार, ओठ–तालु काटिएकाको सर्जरीबाहेकका प्लास्टिक सर्जरी, कस्मेटिक सर्जरी, र दाँतसम्बन्धी अन्य उपचारहरु बिमा कार्यक्रमभित्र पर्दैनन्। आजको कान्तिपुर दैनिकबाट 

 

 

प्रतिक्रिया