साताको तेश्रो दिन कतिमा हुँदैछ सुनचाँदीको कारोबार

काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो । 

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।

यसैगरी, आज चाँदीको कारोबार मूल्य समेत स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ । हिजो समेत चाँदीको कारोबार मूल्य यही कायम थियो ।

महासंघका अनुसार आजसम्म लगातार ५ दिनसम्म सुनको मूल्य ९७ हजार रुपैयाँ आसपास तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय

//