प्रेमको तीज गीतले बोकेको छ समाजको वास्तविकता ,दर्शकले गरे प्रशंसा ( भिडियो सहित )

काठमाडाैं - यसो त यो वर्ष तीज अलि पछि धकेलिएको छ तर कलाकारहरुलाई तीज भने असारदेखि लागिसकेको छ । यो वर्ष पनि तीजमा तीन सय भन्दा धेरै गीत सार्वजनिक हुने अनुमान छ । 

करिब करिब एक सय हाराहारी तीज गीत सार्वजनिक भै सकेका छन् भने कतिपयको धमाधम अन्तिम काम भइरहेको छ । यो वर्ष विगतमा जस्तो तीज गीत भन्नै नसकिने हेर्नै लाज लाग्ने गीतहरू अलि कम सार्वजनिक भएका छन् जुन कुरा गीत संगीतको लागि निकै राम्रो हो । 

यसै बीच गायक तथा सर्जक प्रेम सापकोटाले आफ्नो छैन मलाई सुख बोलको तीज गीत सार्वजनिक गरेका छन् । एउटी धनी घरमा परेकी छोरीले परिवार भित्र कति सम्म दुःख भोग्नु पर्छ भन्ने कुरा गीतले निकै कलात्मक रूपमा देखाएको छ । अझ असली तीज गीत भनेको यस्तै गीतलाई भन्न मिल्छ । उनले गीतमा उठाएका कुरा धेरै नारीहरूले आज पनि भोगिरहेका छन् । 

दर्शक स्रोताले उनको गीतमा निकै प्रशंसा सहितको प्रतिक्रिया दिएका छन् छोटो समयमै गीतले पाँच लाख दर्शक बनाउँदा गीतमा दर्शकले दिएका सबै प्रतिक्रिया गीतलाई प्रशंसा गरेका छन् ।

प्रेम आफैले लय तथा शब्द सिर्जना गरेको गीतमा शान्ति श्री परियारले सुमधुर आवाज भरेकी छन् । गीतको अडियो जति दमदार छ भिडियो समेत उस्तै राम्रो बनेको छ । गीतलाई शेखर घर्ती मगरले निर्देशन गरेका छन् भने स्मारिका ढकालले मनै छुने अभिनय गरेकी छन् । गीतको संगीत संयोजन विनोद बाजुराली गरेका छन् । 

 

प्रतिक्रिया