• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • मुख्य खबर ,
  • बजार ,
  • उद्योग/ कर्पोरेट

घटेर आयो प्रेटोलियम पदार्थको मूल्य

काठमाडौंँ - खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मूल्य घटेर आएकाले निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा रहेको छ । यस्तै हवाई इन्धन आन्तरिकमा  ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपियाँ नाफा गरेको निगमले जनाएको छ ।

ग्यासमा भने प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा कायम रहेको निगमले जनाएको छ । मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपियाँ नाफा हुने अनुमान गरिएको छ । 

इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ । पछिल्लो समय इन्धनको मूल्य घटेर आए पनि आईओसीलाई तेल खरिद गरेको रकम तिर्न बाँकी रहेकाले निगमले मूल्य घटाएको थिएन ।

प्रतिक्रिया