सुशिला गौतमलाई जगतले रानी भनेपछि मख्ख

काठमाडौँ । लोकप्रिय गायिका सुशिला गौतमको स्वरमा सजिएको नयाँ गीत ‘शीतल त जुनकै हो मायालु’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखेर तयार पारिएको उक्त गीतको अडियो तथा भिडियो दर्शक–श्रोतामाझ रुचाइएको छ।

युवा सर्जक तथा गायक जगत गौडेलको शब्द तथा लय सिर्जना रहेको गीतमा उनको पनि स्वर रहेको छ। गीतका शब्द सशक्त र भावपूर्ण रहेको भन्दै श्रोताले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्। साथै, गायनमार्फत कलाकारहरूले गीतलाई जीवन्त बनाएको प्रतिक्रिया समेत प्राप्त भएको छ।

गीतको भिडियो निर्देशक प्रविण थापाले निर्देशन गरेका हुन्। भिडियोमा शक्ति गोदार र सरस्वती खत्रीको अभिनय रहेको छ। गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् भने छायाङ्कन सरोज ठकुरीले गरेका हुन्।

सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय