काठमाडौं । सुमधुर स्वरकी धनी युवा गायिका निशा केसीको मार्मिक वियोगान्त गीत ‘विचल्ली नपारि देऊ भगवान’ भर्खरै सार्वजनिक भएको छ। गीतले छोटो समयमै दर्शक र स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
माया प्रेममा विछोड हुने प्रेमील जोडीको कथा गीतमा उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ। गायिका निशा केसीलाई गायक तथा सर्जक बसन्त थापाले स्वरमा साथ दिएका छन्। गीतको सिर्जना रमेश परियारले गरेका हुन् भने संगीत संयोजन सागर विरहीले गरेका छन्।
गीतको भिडियो पक्ष पनि निकै सशक्त बनेको छ। भिडियोको निर्देशन विशाल घिमिरेले गरेका छन् भने कलाकार देवेन्द्र बब्लु र जुना गुरुङले अभिनय गरेका छन्। गीतलाई निशा केसीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।