लगातार बढेको सुनको मूल्य बिहीबारपनि दुई सयले महँगियो

काठमाडौंं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबि सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


त्यस्तै, चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँले कारोबार भैरहेको छ ।

प्रतिक्रिया