काठमाण्डो । लोकप्रिय सर्जक तथा गायक सागर विरहीले सिर्जना गरेको नयाँ गीत फुल रसैको सार्वजनिक भएको छोटो समयमै सबै माझ लोकप्रिय बनेको छ । गीतका टिकटकमा हजारौं भिडियो बनेका छन भने युट्युबमा पनि उत्कृष्टको सूचीमा आएको छ ।
सागर विरहीको शब्द,लय,आवाज तथा संगीत संयोजन रहेको सो गीतमा आवाजमा दीपिका ब्याम्बो मगरको आवाज रहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतको सम्पूर्ण पक्ष उत्कृष्ट भएकै कारण दर्शक स्रोताको रोजाइमा परेको छ । कोइकोइ किन मन पर्छ यति बोलको टुक्का सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
गीतमा दर्शक स्रोताले दिएको प्रति आफूहरू निकै उत्साहित र खुसी रहेको गायक विरहीले हामीलाई बताउनु भयो । गीतको म्युजिक भिडियोमा विजय पुन र गायिका मगरको अभिनय देख्न सकिन्छ भने निर्देशन भने चित्र मास्की मगरको रहेको छ ।