धौलागिरीका युवा कार्की र केसीको मौलिक गीत "रे रे साइँलो"

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को मौलिक गीतहरू सार्वजनिक भइरहेका छन् । दर्शक श्रोताको अत्याधिक रोजाइमा पर्ने मौलिक सिर्जनाहरू निस्किने क्रम केही बढेको छ । 

यसै बीच धौलागिरीका दुई युवा रवि कार्की र कृष्ण केसी मिलेर नयाँ मौलिक गीत रे रे साइँलो भर्खर मात्र सार्वजनिक गरेका छन् । 

गीतलाई सर्जक रवि कार्कीले लय तथा शब्द सिर्जना गरेका छन् भने संगीत संयोजन अर्का गायक कृष्ण केसीले गरेका हुन् । 

कार्की र केसीलाई आवाजमा भने जमुना राना र दिलु मगरको साथ रहेको छ । जेरी भण्डारीले निर्देशन गरेको गीतलाई रवि कार्कीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया