हिमालयन रि इन्स्योरेन्सलेको ३ अर्बको आईपीओ निष्कासन गर्ने निर्णय


काठमाडौँ– हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि करिवव तीन अर्ब रुपैयाँको प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । 


कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।१० अर्ब रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ गर्नेछ  सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । सञ्चालक समितिबाट निर्णय गरेपछि अन्य प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डबाट अनुमति लिएर आईपीओ निष्कासन गर्न केही समय लाग्नेछ । तीन करोड कित्ता आईपीओ भएकाले करिव ३० लाखले १० कित्ताका दरले आईपीओ पाउनेछन् ।


यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ । निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिले गत जेठमा लाइसेन्स पाएको थियो । लाइसेन्स पाएको छोटो अवधिमै आवस्यक पूँजी जुटाएर गत साउनदेखि नै पुनर्बीमा व्यवसायको शुभारम्भ गरेको थियो । नेपालको व्यवसायिक घरानाहरुको प्रमुख लगानी रहेको यस कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ ।

 

प्रतिक्रिया

//