सन्तोषका कलमले कोरेका धारिला शब्द सहित "चिसो सिरानी"

काठमाडौं - कतिपय सिर्जना यस्ता हुन्छ जुन सिर्जनामा मनोरञ्जन मात्र दिँदैनन् मनै देखि सोच्न बाध्य बनाउँछन् । आङ सिरिंग बनाउँछन् । 

यस्तै एउटा उत्कृष्ट गीत "चिसो सिरानी"भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा सर्जकले कोरेका शब्द धारिला छन् जसले दर्शक श्रोताको मन चसक्क बनाउँछन् । 

सो गीतमा चर्चित गायक विक्रम परियार र चर्चित गायिका सुनिता बुढा क्षेत्रीकाे स्वर रहेको छ । उक्त गीतमा सन्तोष पन्त र शंकर पन्तको शब्द रहेको छ भने , शंकर पन्तकाे संगीत रहेको छ ।

गीतमा सन्तोष पन्त र खुसी थापाको अभिनय रहेको छ । गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेको छन् , भने करण चैसिरकाे सिनेमाटोग्राफर रहेको छ ।

 गीतकाे एरेन्ज सुनिल परियारले गरेका छन । गीतमा मिक्स तथा मास्टर खडक बाजुलारी रहेका छन् । गीतको सम्पादन सुजन कोइरालाले गरेका छन् ।

 

प्रतिक्रिया