हेटौँडा–काठमाडौं कुलेखानी सडक १२ दिन बन्द: वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

हेटौँडा–काठमाडौंलाई जोड्ने कुलेखानी–सिस्नेरी सडक खण्ड १२ दिनका लागि बन्द हुने भएको छ। असोज ८ गतेदेखि १९ गतेसम्म सडकमा कालोपत्रे गर्नका लागि सवारी आवागमन पूर्णरूपमा रोक लगाइनेछ।

सोमबार दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै कामको सहजताका लागि सवारी साधनलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ। नगर प्रमुख मोहन बस्नेतले सवारी चापका कारण कालोपत्रे कार्यमा कठिनाइ आएको र त्यसलाई व्यवस्थित गर्न असोज ८ देखि १९ गतेसम्म सडक बन्द गरिएको बताए।

यस अवधिमा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरसँग समन्वय गरिएको छ।

प्रतिक्रिया