हेमन्तको सुनिरहुँ जस्तो लाग्ने नयाँ गीत ‘जानै लाग्यो वैँश रिमई’

काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको नयाँ गीत ‘जानै लाग्यो वैँश रिमई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

विदाईका भावुक क्षणहरू र रुवाबासी झल्काउने दृश्यहरूसहित प्रस्तुत गरिएको भिडियोमा गायक रसाईली र गायिका देवी घर्तीको मधुर आवाज सुन्न सकिन्छ। गीतमा प्रेम, विछोड र भावनात्मक उतारचढाव समेटिएको छ।

गीतका शब्द राजकुमार बगरले लेखेका हुन् भने मिक्सिङ र मास्टरिङको काम एचबीएन किस्मतले गरेका छन्। संगीत स्वयं हेमन्त रसाईलीले गरेका हुन्।

भिडियोमा गायक रसाईलीसँगै लक्ष्मी थापा मगरले अभिनय गरेकी छन्। दुवैले गीतमा प्रेमभाव र अभिनयमा समान रूपले सशक्त प्रस्तुति दिएका छन्।

निर्देशक एकिन्द्र शाराशंकरले प्रेममा रमाएका दुई जोडीबीचको माया, कल्पना, रोमान्स र अन्ततः बिछोडको पाटोलाई कलात्मक ढंगमा प्रस्तुत गरेका छन्। भिडियोको छायांकन करण चैसियारले, सम्पादन तथा कलर प्रविण भट्टले गरेका छन्। भिडियो गायक हेमन्त रसाईलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय