जीवन कँडेलको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीत काली तरे है  

काठमाण्डौ । जापानमा रहेर पनि निरन्तर नेपाली लोकदोहोरीमा आफ्ना सिर्जना सार्वजनिक गर्दै आएका युवा सर्जक तथा गायक जीवन कँडेलले सिर्जना गरेको काली तरे हैको अडियो सार्वजनिक भएको छ । 

गीतलाई जीवन कँडेलले लय तथा शब्द सिर्जना गरेका छन भने गणेश अधिकारी र सुनिता बुढाको आवाज रहेको छ । मौलिक शब्द तथा सुमधुर लय सिर्जना रहेको सो गीतमा माया प्रेमलाई निकै कलात्मक रुपमा उठाइएको छ । 

समय अभावका कारण अहिले अडियो मात्र सार्वजनिक गरिएको भए पनि केही समयमै गीतको भिडियो निर्माण गरिने सर्जक कँडेलले आर्थिक सन्देशलाई जानकारी दिनु भयो । अडियोबाट श्रोताहरूबाट राम्रो प्रक्रिया आएसँगै आफूहरू उत्साहित भएको उहाँको भनाई छ । 

 

प्रतिक्रिया