काठमाण्डौ । नेपालमा पहिलो पटक सञ्चालन भएको दोहोरी च्याम्पियनको उपाधि जित्न सफल लोकप्रिय गायक तथा सर्जक प्रकाश पराजुली यतिबेला निकै व्यस्त छन । उनलाई पछिल्लो गीत गाउने धेरै अवसरहरू आइरहेका छन ।
यसै बिच उनको नयाँ गीत सिरु पाते घाँस भर्खर मात्र सार्वजनिक भएको छ । उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतमा प्रकाशलाई आवाजमा लक्ष्मी रानाले साथ दिएकी छन । रमेश परियारले लय तथा शब्द सिर्जना गरेको गीतमा बबिन ठकुरी र जुना सुन्दासको अभिनय रहेको छ । गीतलाई प्रकाश भट्टले निर्देशन गरका छन ।
गीतको अडियो र भिडियो राम्रो बनेको छ भने गीतलाई दर्शकहरूले समेत मन पराएको प्रतिक्रिया दिएका छन ।