हेमन्तको लाहुर उत्कृष्टको सूचिमा - भिडियो सहित

काठमाडौं । हेमन्त कान्छाको मौलिक सिर्जना लाहुरे सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्दै उत्कृष्टको सूचिमा आएको छ । 

आफ्नो मौलिक सिर्जना मार्फत सबैको मन् जित्दै गइरहेका बहुमुखी प्रतिभाका धनी हेमन्त कान्छा रसाइलीको नयाँ गीत लाहुरे हिजो मात्र सार्वजनिक भएको थियो । 

पाका सर्जक राजकुमार बगरको दमदार शब्द संगीत रहेको सो गीतमा हेमन्तलाई आवाजमा सुनिता बुढाले साथ दिएको छन् । गीतको सम्पूर्ण पक्ष निकै दमदार छ भने टिकटकमा निकै भाइरल भएको छ । 

गीतको म्यूजिक भिडियो समेत निकै दमदार रहेको गीतमा विनोद भण्डारीले निर्देशन गरेका छन् भने सारिका केसी र गोविन्द पोखरेलको अभिनय रहेको छ । 

प्रतिक्रिया