काठमाडौँ — पछिल्लो समय डान्सिङ गीतहरूमा सुरेश कोहलीको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ। अनुशासित र काममा मेहनती सुरेश पछिल्लो समय धेरै निर्देशकहरूको रोजाइमा पर्न थालेका छन्।
नृत्यमा विशेष क्षमता राख्ने सुरेश कोहलीले अभिनय गरेको नयाँ गीत ‘भिरको घाँसैले’ भर्खरै सार्वजनिक भएको छ। उक्त गीतमा सुरेशले निकै मनमोहक नृत्य प्रस्तुत गरेका छन्।
गीतमा डम्बर विश्वकर्माको शब्द र युस्कल छिनालको संगीत रहेको छ। यस गीतमा खेम सेञ्चुरी र आस्था विश्वकर्माको स्वर रहेको छ। विनोद भण्डारीको निर्देशन रहेको गीतमा सुरेश कोहली र मालिका रसाइलीले अभिनय गरेका छन्।
गीत सार्वजनिक भएपछि सुरेशको नृत्यको सर्वत्र प्रशंसा भइरहेको छ।