गाँउले चेलीको कथा "विन्दु" मार्फत गीतमा उतार्ने सर्जक शिव अखेली

काठमाण्डौ । टिपिकल शब्द संयोजन गरेर सर्जक शिव अखेलीले नयाँ गीत विन्दु सार्वजनिक गरेका छन । आज मात्र सार्वजनिक भएको सो गीतलाई दर्शक स्रोताले पनि मन पराएका छन । 

धौलागिरी र आसपासमा बोलिने भाषाको संयोजन मार्फत विन्दु बोलको गीतमा एक चेलीको कथालाई गीतमा उठाइएको छ । गीतमा आवाज भने रिना केसीको रहेको छ भने लय भने गोविन्द पौडेलले बनाएका हुन । 

तारानाथ आचार्यको संगीत संयोजन रहेको गीतलाई आचार्यले नै निर्देश गरेका छन भने रुविना अधिकार,बुद्धि खनाल लगायत आधा दर्जन कलाकारको अभिनय रहेको छ ।

 

प्रतिक्रिया