• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

पर्वते लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको एकै हप्ता ३ उत्कृष्ट गीत सार्वजनिक,कुन गीतले जित्ला दर्शकको मन ?

काठमाण्डौ - पर्वत जिल्लामा जन्मिएर नेपाली लोक दोहोरीमा २ दशक सफल यात्रा गरिसकेका लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको यसै साता ३ दमदार गीत सार्वजनिक भएका छन् । 

 

एक पछि अर्को उत्कृष्ट गीत लगातार सार्वजनिक भएपछि कुन गीतले दर्शकको मन जित्न सफल होला भन्ने धेरैको चासो रहेको छ । 

 

सुमधुर आवाजमा गीत गाउने कला भएका विश्वकर्माको यो हप्ता सार्वजनिक भएका  गीतहरु यसप्रकार रहेका छन् । 

१. जलजला ।

धेरै उत्कृष्ट सिर्जनाहरु मा सहकार्य गरिसकेका प्रह्लाद सुवेदी र वसन्त थापाको सिर्जना रहेको जलजला दर्शकमाझ निकै चासो मानिएको गीत हो । यो टिमले सिर्जना गरेको गीत भनेपछि दर्शकले निकै माया गर्ने धेरैको अनुमान छ । कुलेन्द्र,प्रह्लाद र वसन्तको यस अघि पनि दर्जनौ उत्कृष्ट गीत सार्वजनिक भएका छन् । 

२. चट्ट माया 

यहि हप्ता सार्वजनिक भएको अर्को गीत हो चट्ट माया । निकै उत्कृष्ट भिडियो सहित सार्वजनिक भएको यो गीतमा पनि बिश्वकर्माले दमदार आवाज दिएका छन् । यो गीतमा विश्वकर्माको अभिनय समेत देख्न सकिन्छ । 

३. पछ्यौरी सालको 

यो हप्ता सार्वजनिक भएको अर्को उत्कृष्ट गीत हो पछ्यौरी सालको । यो गीतको पनि सम्पूर्ण पक्ष निकै दमदार रहेको छ । साथै यो गीतमा पनि बिश्वकर्माले निकै न्याय गरेर आवाज दिएका छन् । 

 

प्रतिक्रिया