लगानी गर्ने हैन् ? दशैं लगत्तै ६ कम्पनी आइपीओ आउँदै

काठमाडौं । यो आर्थिक वर्षमा आइपीओ निष्कासन गर्ने कम्पनीहरु निकै बढिरहेका छन् । एक दर्जन भन्दा धेरै कम्पनी आइपीओ अनुमतिको प्रतिक्षामा छन् भने केही कम्पनीले अब छिट्टै आइपीओ निष्कासन गर्दै छन् ।  

चालु आवको पहिलो साउन महिनादेखि हालसम्म ६ वटा कम्पनीहरुले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेका हुन् । पाँच हाइड्रोपावर र एक उत्पादन तथा प्रशोधन कम्पनी रहेका छन् ।

आईपीओ निष्काशनका लागि दोल्ती पावर, सगरमाथा जलविद्युत, माइ खोला हाइड्रोपावर, मोदी इनर्जी, सोनापुर मिनिरलस् एण्ड आयल र मेन्छीयाम हाइड्रोपावर कम्पनीले आवेदन दिएका हुन् ।

 

दोल्ती पावर

दोल्ती पावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा सर्वसाधरणका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।

 

कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन लागि गत साउन १३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

 

सगरमाथा जलविद्युत

सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्काशनका लागि गत भदौ ९ गते बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

माई खोला हाइड्रोपावर

माई खोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले १९क रोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्काशन गर्नका लागि भदौ २२ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

मोदी इनर्जी

मोदी इनर्जीले ७२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ७२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै गत भदौ ३१ गते बोर्डमा निवेदन दिएको छ । बोर्डले अनुमति दिएसंगै कम्पनीले आईपीओ जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

सोनापुर मिनिरलस् एण्ड आयल

सोनापुर मिनिरलस् एण्ड आयल कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै असोज ४ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले १ करोड २३ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

मेन्छीयाम हाइड्रोपावर

मेन्छीयाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्काशनका लागि असोज १८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया