काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एउटा विकृति निकै बढिरहेको छ । त्यो हो भीउजको होड । गीत जस्तो सुकै होस,विषय जे सुकै होस तर गीतमा धेरै दर्शक आउनु पर्यो । गुणस्तर भन्दा पनि टिकटक लक्षित र दर्शक झ्याप्प तान्ने खालका गीतहरू धेरै सार्वजनिक भइरहेका छन । यसले केही चर्चा त होला तर गीत सङ्गीतलाई भने त्यसले हानी गर्छ ।
कहिलै पनि भीउजको पछि नलाग्ने सँधै उत्कृष्टताको पछि लाग्ने कलाकारको नाम भित्र सागर बिरहीको नाम अग्रस्थानमा आँउछ । दुई दशक नेपाली साङ्गीतिक क्षेत्रमा यात्रा गरिसकेका सर्जक गायक विरहीले आज सम्म दर्शकले छि भन्ने कुनै पनि काम गरेका छैनन् ।
उनी सागरले सामाजिक विषय बस्तुमा सिर्जना गरेको नयाँ गीत बनकी चरिलाई भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा सागरको आवाज मात्र होइन दमदार अभिनय समेत रहेको छ । शब्द,संगीत तथा संगीत संयोजन समेत गीतमा उनैको रहेको छ । विरहीकै निर्देशन रहेको गीतमा मुस्कान घिमिरे र प्रकाश गौतमले अभिनयमा उनलाई साथ दिएका छन ।