आईतबार घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदै छ आजको कारोबार

महासंघका अनुसार अघिल्लो शुक्रबार अधिकतम तोलामा ९०० रुपैयाँले घट्दै ९२ हजार ६०० मा झरेको सुनको मूल्य थप आज ४०० रुपैयाँले घटेको हो । 

घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया