रुपेशको नयाँ गीतमा आशिरको मनमोहक अभिनय,सामाजिक सञ्चालमा चर्चा

काठमाण्डौ । केही समय पहिले आधी रातैमा बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका लोकप्रिय गायक तथा सर्जक रूपेश न्यौपानेको नयाँ गीत नौतुनाको रेल भर्खर मात्र सार्वजनिक भएको छ । 

गीत सार्वजनिक भएसँगै चौतर्फी प्रशंसा र चर्चा समेत भएको छ । टिकटकमा धेरैले गीतको भिडियो बनाएका छन । थोरै तर उत्कृष्ट सिर्जना गर्ने सर्जक न्यौपानेले यो पटक भने गीतमा पारिवारिक कथालाई उठाएका छन । 

गीतको शब्द तथा लय सिर्जना गायक न्यौपाने स्वयंले गरेका छन भने गीतको म्युजिक भिडियोमा युवा मोडल आशिर प्रताप जंंगले दमदार अभिनय गरेका छन उनलाई अभिनयमा अश्विनी शाहीले साथ दिएकी छन  । गीतको म्युजिक भिडियो भने सागर ज्ञवालीले निर्देशन गरेका छन । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय