गायक वैकुण्ठ महतको "पुरानो घर" भित्र लुकेको समाजको कारुणिक विषय

काठमाडौं - गीत संगीत भन्ना साथ हामीले मनोरञ्जनको रुपमा मात्र हेर्छौं तर कतिपय गीतहरू यति शक्तिशाली हुन्छन् कि जसले समाज परिवर्तन गर्न ठूलो भूमिका खेल्छन् । 

सन्देशमूलक गीत दर्शक श्रोताको त्यति रुचि र खोजी भित्र चाहिँ पर्दैन तर यस्ता गीत सुन्ने र मन् पराउनेको संख्या पनि धेरै नै छ । 

बौद्धिक सर्जक र गायकको रुपमा परिचित पुराना सर्जक वैकुण्ठ महतले यस्तै एउटा सन्देशमूलक गीत "पुरानो घर" भर्खर मात्र सार्वजनिक गरेका छन् । 

 महतले सार्वजनिक गरेको गीतले उठाएको विषय भने लाखौं नेपालीको काहानी जस्तै छ । 

गीतले आफ्नो गाउँ ठाउँ र जन्म घर प्रति युवाले देखाएको मायालाई अडियो र भिडियो मार्फत देखाउन खोजेको छ । 

गीतलाई शब्द, लय र आवाज महत आफैले दिएका छन् भने प्रवीण थापाले भिडियो निर्देशन गरेका छन् । स्मारिका ढकाल र सुरेश कोहोलीले अभिनय गरका छन् । 

 

प्रतिक्रिया