• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • मुख्य खबर ,
  • बजार ,
  • व्यापार/व्यवसाय

एकलाख माथि पुगेको सुनको मूल्य, आज साताको अन्तिमदिन भरी गिरावट कति पुग्यो तोलामा

काठमाडौंँ - निरन्तर दुई दिन बढेर १ लाख १ हजार ५०० रुपैयाँ पुगेको सुन, साताको अन्तिम दिन भने सस्तिएको छ।


नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँ घटेको छ। यस दिन छापावाल सुन १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजबी सुन यस दिन ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ। अघिल्लो दिन तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया