काठमाडौँ । आज मुलपानीमा सम्पन्न नेपालको ‘ए’ टोली र क्यानडा विचको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ लाई दुई विकेटले हराएको छ ।
जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृंखलालाई १÷१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।
जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।
यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।