धादिङको झ्याप्ले खोलामा पहिरो हटेपछि काठमाडौं–मुग्लिङ सडक सुचारु

काठमाडौं – धादिङको झ्याप्ले खोलामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिङ सडक सुचारु भएको छ। शनिबार र आइतबारको क्रममा पहिरोले पुरिएका चार सवारी साधनबाट ३५ शव निकालेपछि सुरक्षाकर्मीहरूले सडक खुलाएका हुन्।

सडक खुल्नासाथ काठमाडौं–मुग्लिङ खण्ड पुनः सञ्चालनमा आएको छ, र पहिरोका कारण अब कुनै अवरोध नरहेको प्रहरीद्वारा जानकारी प्राप्त भएको छ।

झ्याप्ले खोलाको पहिरोले पुरिएका सवारी साधनहरूमा बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, तथा बा १ प १३८८ नम्बरको बस थिए।

सवारी साधन र शवहरू नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेका हुन्। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बढ्दो चापलाई ध्यानमा राख्दै शनिबार बिहानदेखि सवारी साधनलाई सुरूङमार्गको प्रयोग गरी काठमाडौं पठाइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय