काठमाडौं - आफ्ना थोरै तर फरक धारका गीत सार्वजनिक गरेर बेग्लै परिचय बनाएका सर्जक तथा गायक तेजश रेग्मीको नयाँ गीत झम झम झमकान भर्खर मात्र सार्वजनिक भएको छ ।
यो पटक पनि रेग्मीले निकै उत्कृष्ट लय तथा शब्द सिर्जना गरेर गीत बनाएका छन् । उनको गीतले माया प्रेमलाई विषय बनाएको छ । सार्वजनिक भएको छोटो समय मैं गीतले धेरैको राम्रो प्रतिक्रिया पाएको छ । tiktok लगायत सामाजिक सञ्जालमा गीतले धेरैको माया पाएको छ ।
बागलुङ विनामारेमा जन्मिएका रेग्मीका यस अघि केही गीतले करोड दर्शक समेत बनाई सकेका छन् । एक दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रेग्मीका दर्जनौं हिट गीत सार्वजनिक भएका छन् ।
उनको पछिल्लो गीतमा उनलाई अस्मिता अधिकारीले आवाजमा साथ दिएकी छन् भने लय शब्द रेग्मी कै रहेको छ ।
गीतमा चक्र बम,रविना थापा र तेजश रेग्मीको अभिनय रहेको गीतमा रामजी लामिछाने ले गीतलाई निर्देशन गरेका छन् ।