लामो समयपछि घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंँ - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको छ ।

सोमबार प्रतितोला १हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया