जागिरको खोजीमा हुनुहुन्छ ? पाउनु होस लघुवित्तमा काम गर्ने अवसर 

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ पदका ६ जना कर्मचारीको माग गरेको छ । लघुवित्तले व्यवस्थापनका लागि १ जना र फिल्ड कोर्डिनेटरमा ५ जनाका लागि कर्मचारीको माग गरेको हो । उक्त पदका लागि न्युनतम प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिनुपर्नेछ । कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

प्रतिक्रिया