दुर्गेस थापा माथी प्रतिष्ठानको कडा कारबाही, आजीवन सदस्यता खारेज

काठमाण्डौ - आफ्नो पछिल्लो  गीत ख्यास्सा पुतलीबाट विवादमा आएका गायक दुर्गेश थापालाई लोक दोहोरी गीत प्रतिष्ठानले कारवाही गरेको छ । 

आफ्नो अनुरोधलाई बेवास्ता गरेको कारण उनको आजीवन सदस्यता खारेज गरेको प्रतिष्ठानले विज्ञप्ति मार्फत जनाएको छ । 

यो वर्ष विकृत न्यूनीकरण गर्न उपसमिति गठन गरिएको थियो । सोही समितिको निर्देशनमा थापामाथि कारवाही गरिएको हो । 

उता थापाले भने प्रतिष्ठानको कारबाहीले कुनै महत्त्व नराख्ने बताएका छन् । यस अघि पनि प्रतिष्ठान सँग कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् । 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया