सबै माझ लोकप्रिय गीत "अभाव" ले बनायो एक करोड दर्शक,निर्माण युनिट खुसी

काठमाण्डौ । तीन बर्स अघि सार्वजनिक भएर सबै माझ लोकप्रिय बनेको गीत अभावले एक करोड भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । 

सेन्टी विद्यामा करोड क्लव प्रवेश गर्ने निकै कम गीतहरूमा यो गीत पनि पर्न सफल भएको छ । गीत सार्वजनिक भएपछि अडियो र भिडियोको निकै चर्चा चुलिएको थियो । तीन वर्षको अवधिमा गीतले एक करोड दर्शक बनाएको छ भने १८ सय भन्दा धेरैले गीतमा प्रतिक्रिया दिएका छन । गीतका अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन । 

गणेश अधिकारीको शब्द तथा लय सिर्जना रहेको गीतमा गणेश अधिकारी र विष्णु माझीले आवाज दिएका छन । गीतको बलियो पक्ष भनेको म्युजिक भिडियो पनि हो । स्मृति तिमिल्सिनाले निर्देशन रहेको गीतमा आशिर प्रताप जग र सारिका केसीले दमदार अभिनय गरेका छन भने अभिनयमा अविरल बोहोराले साथ दिएका छन । 

गीतले एक करोड दर्शक बनाएपछि आफूहरू निकै उत्साहित भएको निर्माण युनिटले आर्थिक सन्देशलाई बताएको छ । 

 

प्रतिक्रिया