• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

सांगीतिक क्षेत्रमा सफल सागर विरहीको गुनासो अब पागल हुने होलानी - भिडियो सहित

काठमाण्डौ । करिव २ दशक पहिला देखि नेपाली सांगीतिक क्षेत्रमा सफल यात्रा गरिसकेका लोकप्रिय गायक तथा बहु प्रतिभाका धनि सागर विरहीको नयाँ लोक गीत म त एक्लै रुने होला नी भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेममा परेका युवाहरुको कथामा बनेको निकै सुमधुर सो लोक गीतलाई सागर आफैले सिर्जना गरेका छन भने संगीत संयोजन र आवाज समेत विरहीकै रहेको छ ।

अत्यन्तै सुमधुर लय तथा सोहि अनुसारको शब्द सिर्जना गर्न सक्ने क्षमता भएका विरहीले दर्जनौं उत्कृष्ट गीत दर्शक स्रोताका लागि प्रस्तुत गरिसकेका छन । उनको धुरु धुरु रोइरहने मायालाई बोलको गीत निकै चर्चामा आएपछि उनको समेत चर्चा भएको थियो ।

सागर विरहीकै निर्देशन रहेको गीतको भिडियोलाई उनको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया