सिन्धुलीको गोलन्जोरमा गाडी दुर्घटना: सुनकोसी नदीमा तीन जना बेपत्ता

काठमाडौं - सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुँडुलेमा एक गाडी सुनकोसी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्। खोटाङको हलेसीबाट भक्तपुर जाँदै गरेको हाइलक्स गाडी शनिबार साँझ सुनकोसी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार भक्तपुरका अविन बाक्य, बलराम घटुवा, र पुनित जैरु बेपत्ता भएका छन्। गाडीमा सवार सुसान्त कक्षपती भने पौडिएर बच्न सफल भएका छन् र उनलाई उपचारका लागि खुर्कोटस्थित स्वास्थ्य संस्थामा पठाइएको छ।

बेपत्ता गाडीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलीहरू उद्धारमा खटिएका छन्। नदीमा पानीको बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको वडा अध्यक्ष सोम प्रसाद बरालले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय