म गुडनाईट भन्न कोठामा गएको हुँ - पल शाह

काठमाडौं । अनुसन्धानमा रहेका नायक पल शाहले आफूले नाबालिग युवतीमाथि जबरजस्ती नगरेको बयान दिएका छन । उनले नवलपरासी प्रहरी सामु यस्तो बयान दिएका हुन । 

नवलपरासीको कावासोतीस्थित सरकारी वकिल सामू शाहले बयानका क्रममा जबरजस्ती नगरेको तर राति गुडनाइट भन्न गएको उनको दावी छ ।  सरकारी वकिल सामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेँ । तर जबरजस्ती गरिन।’

‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो । १०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भनाइ उदृत गदै प्रहरी स्रोतले जनायो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पल बिरुद्ध उजुरी दिएकी थिइन् । ती नाबालिगले एक गीतको छायांकनकाे क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट पल शाहलाई गैडाकोटमा ल्याइएको थियो । गैडाकोटमा संकलित प्रमाण र बयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।

प्रतिक्रिया