परदेशबाटै नेपाली गीत संगीतलाई योगदान,प्रकास भण्डारीको कट्टा हान्दिन्छु चर्चामा

काठमाण्डौ । विदेशको भुमिमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने युवा हुन प्रकास भण्डारी । उनै भण्डारीको प्रस्तुतीमा रहेको नयाँ गीत कट्टा हान्दिन्छु भर्खर मात्र सार्वजनिक भएको छ । गीतले छोटो समयमै चर्चा कमाउन समेत सफल भएको छ । 

सामाजिक सञ्जाल लगाएत युउटुवमा समेत गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ । सो एलिना चौहान र खेम सेञ्चु्रीले आवाज दिएका छन्, भने शब्द नेत्र अर्यालले लेखेका हुन । गीतमा संगीत भने गायक सेञ्चुरीकै रहेको छ । 

गीतलाई रामजी लामिछाने निर्देशन गरेका छन भने ओबी रायमाझी र  आश्मा विश्वकर्माको अभिनय रहेको छ । अहिले सो गीत युट्युबको उत्कृष्टको सूचीमा समेत रहेको छ । 

 

प्रतिक्रिया