सिक्लेस हाइड्रोपावरको आइपीओको बाँडफाँड मिति तोकियो,कतिले पाउलान् शेयर

काठमाडौंं - सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ अर्को साता मात्र बाँडफाँट गर्ने भएको छ ।

बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेका अनुसार शुक्रबार (असोज ७ गते) प्री–अलमेन्ट हुने जनाएको छ । साथै, कम्पनीको आइपीओ बाँडफाँट भने अर्का साताको मंगलबार (असोज ११ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ ।

कम्पनीको आइपीआमा १६.२९ गुणा बढी आवेदन परेको छ । यसमा १५ लाख ३८ हजार ३८३ जनाले कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

यसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणको लागि छुट्याएको छ ।

कम्पनीको आइपीओ पाउने भाग्य कै भर पर्नु पर्ने देखिएको छ । माग भन्दा बढी आवेदन परेको हुदाँ न्यूनतम १० कित्ताका दरले १ लाख ८ हजार ८०० जनाले मात्र हात पार्नेछन् ।

प्रतिक्रिया