काठमाडौँ - देशभर मनसुनको वायुको प्रभाव कायमै छ। वर्तमानमा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सामान्य अवस्थामै रहेको र पूर्वतिर यसको स्थान औसतभन्दा केही उत्तरतिर सरेको छ।
यस प्रभावले गर्दा अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो पनि देशभर सामान्य बदलीको स्थिति रहिरहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।महाशाखाले कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, र भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।