आइएमई जनरल इन्स्योरेन्सले ४० करोडको सेयर निष्कासन गर्ने


काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । 


कम्पनीले फागुन २२ गतेदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीकाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता (१०ः४) शेयरको अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो ।


कम्पनीको कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिन्छ ।


कम्पनीको हकप्रद शेयरमा छिटोमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हकप्रद प्रयोजनार्थ फागुन १ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपीआई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको संकेत गर्दछ ।

प्रतिक्रिया