साया र समिरले दमदार अभिनय गरेको शान्ती श्री परियारले रुदै गायको गीत बाँचे आउला  

काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ नयाँ गीतहरू सार्वजनिक हुने क्रम निरन्तर जारी छ । विभिन्न विषयमा कलाकारहरूले गीत बनाएर सार्वजनिक गरिरहेका छन  । गीत संगीतबाट खासै राम्रो आम्दानी नभए पनि यो क्षेत्रलाई माया गर्नेहरूले निरन्तर लगानी गरेर लोकदोहोरीलाई जीवन दिइरहेका छन । 

यसै बिच सामाजिक विषयमा आधारित रहेर सिर्जना गरिएको सुमधुर गीत वाचे आउँछु फर्केर बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा शान्ती श्री परियारले निकै सुमधुर आवाज दिएकी छन । उनलाई आवाजमा भने प्रदिप त्रिपाठीले साथ दिएका छन । 

घर परिवार छोडेर विदेश जाने नेपाली युवतीको कथालाई गीतले निकै कलात्मक रुपमा उठाएको छ । गीतको शब्द टिका सानुले सिर्जना गरेकी हुन भने सञ्जीव न्यौपानेले लय सिर्जना गरेका छन । कपिल लामाले निर्देशन गरेका गीतमा समिर न्यौपाने,साया भण्डारी र सुरेन्द्र लामिछानेको निकै दमदार अभिनय रहेको छ । 

प्रतिक्रिया