काठमाण्डौ । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । शाहलाई प्रहरीले खोजीरहेको प्रहरीले जनाएको छ ।
उनको खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् । उनीमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध जाहेरी दिएका हुन् ।
यता शाह आजै पक्राउ पर्ने धेरैको विश्वास रहेको भएता पनि त्यो सम्भावना कत्तिको छ भन्ने कुरा प्रहरीले जानकारी दिएको छैन ।