हेर्ने कथा मार्फत चर्चामा आएका प्रकाशले नागरिकता पाए !

काठमाडौं - विद्या चापागाईं र उनका टिमले सञ्चालन गर्ने कार्यक्रम हेर्ने कथा मार्फत पछिल्लो समयमा चर्चामा रहेका प्रकाश तामाङले नागरिकता पाएका छन्। 

हेर्ने कथा प्रसारण भएपछि उनको विषयमा चौतर्फी चर्चा भएको थियो। उनले सो भिडियोमा आफूलाई नागरिकताको आवश्यकता परेको बताएका थिए। सो कुरालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई नागरिकता दिनको लागि पहल गरेका थिए। 

आज मात्रै प्रकाशले आफ्नै घरमा नागरिकता प्राप्त गरेका हुन्। उनी नागरिकता बनाउनकै लागि भोजपुर पुगेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय