चर्चित दोहोरी गायक सुमन परियारको नयाँ गीत "बन्दुक एकनाले" चर्चामा ( भिडियो सहित)

काठमाडौं - पछिल्लो समय लाईभ दोहोरी मार्फत चर्चामा रहेका गायक तथा सर्जक सुनम परियारको नयाँ गीत "बन्दुक एकनाले" भर्खर मात्र सार्वजनिक भएको छ । 

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । गीत छोटो समयमै दर्शक स्रोताको रोजाइमा परेको छ भने टिकटक लगाएतका सामाजिक सञ्जालमा समेत गीतले निकै चर्चा पाइरहेको छ । 

सूर्य कुमार परियारले शब्द सिर्जना गरेको सो गीतलाई गायक सुमन आफैले लय सिर्जना गरेका छन् परियारले आवाजमा सञ्जु लामाले साथ दिएकी छन् । 

काजिस श्रेष्ठको निर्देशन रहेको गीतमा सुनम परियार र उषा उप्रेतीको अभिनय रहेको छ । 

 

 

प्रतिक्रिया