शान्ती श्रीको तीज गीतलाई छोटो समयमै दश लाख भन्दा धेरै दर्शक - भिडियो सहित 

काठमाण्डौ । लोकप्रिय गायिका शान्ती श्री परियारको यो वर्षको लागि सार्वजनिक भएको तीज गीत माझी दाइले छोटो समयमै दश लाख भन्दा धेरै दर्शक बनाउन सफल भएको छ । यस अगाडिका वर्ष पनि शान्तीका तीज गीतलाई धेरै दर्शकले मन पराएका थिए । आफ्नो बाहेक परियारले ३ दर्जन भन्दा धेरै गीतमा आवाज समेत दिएकी छन । 

उनको तीजले एक युवतीको भावनालाई गीतको विषय बनाइएको छ भने उनको एकल आवाज रहेको छ । गीतको शब्द नेत्र अर्यालले बनाएका हुन भने लय खेम सञ्चारीको रहेको छ । चर्चित निर्देशक शिव विकले गीतको कलात्मक भिडियो बनाएका छन भने गीतमा खेम सेन्चुरी र गीता ढुङ्गाले अभिनय गरेका छन । गीतलाई छोटो समयमै दर्शकको अत्यधिक माया पाएपछि परियारले आर्थिक सन्देशसँग खुसी व्यक्त गर्नु भयो । 

यो समाचार तयार पार्दा सम्म गीतलाई दश लाख माथि दर्शकले हेरेका छन भने एक हजार दर्शकले प्रतिक्रिया दिएका छन । 

 

प्रतिक्रिया