१० अर्ब रुपैयाँको हिमालयन रिइन्स्योरेन्सको सिइओ विदेशी

काठमाडौं–बीमा समितिले केही समय अघि संचालन अनुमति दिएको हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) विदेशबाट ल्याउने भएको छ । रिइन्स्योरेन्स कम्पनीको बजार विदेश पनि भएकाले सिइओ सहित उच्च व्यवस्थापनका लागि तीन जना जनशक्ति विदेशबाट ल्याउन लागेको हो ।


नेपालमा रिइन्स्योरेन्समा लामो समय काम गरेको दक्ष जनशक्ति नभएका कारण विदेशबाट जनशक्ति ल्याउन लागेको कम्पनीले जनाएको छ । १० अर्ब रुपैयाँको उक्त रिइन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापनको ३ जना भारतबाट ल्याउन लागेकाले कम्पनील्े श्रम स्वीकृतिका लागि बीमा समितिमा अनुरोध गरेको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आर चन्द्रशेखरनलाई ल्याउन खोजेको छ । चन्द्रसेखरन भारतको ख्यातिप्राप्त कम्पनी जनरल इन्स्योरेन्स कर्पाेरेसन (जीआईसी) र ओमानको पुनर्बीमा कम्पनी ओमान रिमा पनि काम गरिसकेका व्यक्ति हुन् । बीमा बजारमा उनको ४५ वर्षभन्दा लामो अवधिको अनुभव रहेको बताइएको छ ।


यस्तै, हिमालयन रिले डेपुटी सीईओमा मुकेश कुमार कपुरलाई ल्याउन खोजेको छ । कपुर ओरेन्टल इन्स्योरेन्स कम्पनीको पुनर्बीमा विभागमा काम गरेर अवकाश पाएका व्यक्ति हुन् । कपुरले नेपालमा रहेको ओरेन्टल इन्स्यारेन्स कम्पनी करिब ८ वर्ष काम गरेका थिए ।


कम्पनीले सुचना प्रविधि विज्ञ पनि विदेशी नागरिक ल्याउन लागेको छ । एलआईसी इन्डिया कम्पनीको आईटी विभागमा लामो समय काम गरेका मनिष कुमारलाई हिमालयन रिइन्स्यारेन्स कम्पनीले ल्याउन खोजेको छ ।

प्रतिक्रिया