अभिनयमा निखारिदै ओवी,एलिनाको कट्टा हान्दिन्छुमा नयाँ अवतार

काठमाण्डौ । कुशल मोडल ओबी रायमाझी पछिल्लो समय आफ्नो अभिनय मार्फत दर्शक स्रोताको मन जित्दै गइरहेका छन । 
यसै विच उनले अभिनय गरेको नयाँ गीत कट्टा हान्दिन्छु भर्खर मात्र सार्वजनिक भएको छ ।

उनले एकपछि अर्को गीतमा आफ्नो अभिनयलाई निखार्दैलगेको देखिन्छ । उनी सबै विधा गीतमा राम्रो अभिनय गर्न सक्छन् । 

उनको पछिल्लो गीतमा एलिना चौहान र खेम सेञ्चु्रीले आवाज दिएका छन्, भने शब्द नेत्र अर्यालले लेखेका हुन । गीतमा संगीत भने गायक सेञ्चुरीकै रहेको छ । 

गीतलाई रामजी लामिछाने निर्देशन गरेका छन भने रायमाझीलाई अभिनयमा आश्मा विश्वकर्माले साथ दिएकी छन । ओवीको पछिल्लो गीत छोटो समयमै निकै चर्चा पाउन सफल भएको छ । अहिले सो गीत युट्युबको उत्कृष्टको सूचीमा समेत रहेको छ । 

 

प्रतिक्रिया