काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१र८२ को नौ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले देशको समग्र बाह्य आर्थिक सूचकहरू सुदृढ भएको देखाएको छ। विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, चालु खाता र शोधनान्तर स्थिति सबै सकारात्मक देखिएका छन् भने आयात–निर्यातमा पनि वृद्धि देखिएको छ। यद्यपि, आन्तरिक खपत, सरकारी खर्च र कर्जातर्फ भने अर्थतन्त्र अझै गतिशील बन्न नसकेको अर्थविद्हरूको मूल्यांकन छ।
गत चैत मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब रुपैयाँ नाघेको छ, जुन २०८१ असारको तुलनामा १८।९५ को वृद्धि हो। अमेरिकी डलरमा हेर्दा सञ्चिति १५।४५ ले वृद्धि भई १७ अर्ब ६३ करोड डलर पुगेको छ। यो सञ्चितिले १७।१ महिनाको वस्तु आयात र १४।२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको भनाइ छ।
यस अवधिमा रेमिट्यान्स आप्रवाह ११ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०५ को वृद्धि हो। अमेरिकी डलरमा यो ७।३५ को वृद्धिसहित ८ अर्ब ७४ करोड डलर पुगेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या पनि अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेर करिब ६ लाख ८ हजार पुगेको छ।
चालु खाता २ खर्ब १० अर्ब रुपैयाँ र शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब रुपैयाँ को बचतमा छ। प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
मूल्यवृद्धि दर ९मुद्रास्फीति० चैतमा घट्दै ३।३९५ मा झरेको छ। खाद्य तथा पेय पदार्थ समूहमा मूल्यवृद्धि दर २।४५५ मात्र देखिएको छ भने घिउ–तेल, फलफूल, दाल र पेय पदार्थमा भने केही उल्लेखनीय वृद्धि देखिएको छ। गैरखाद्य वस्तुहरूमा विविध वस्तु तथा सेवा, कपडा, मदिराजन्य पेय, फर्निचर र सुर्तीजन्य वस्तुको मूल्य पनि बढेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३ खर्ब ६८ अर्ब र निजी क्षेत्रलाई प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ, जुन क्रमशः ५।७५ र ७।१५ को वृद्धि हो।
पूर्व कार्यकारी निर्देशक डा। नरबहादुर थापाका अनुसार विदेशी सूचकहरू मजबुत भए पनि आन्तरिक रुपमा सरकारको खर्च नबढ्नु र निजी क्षेत्रको गतिविधि सुस्त हुनु अर्थतन्त्रको गतिरोधको प्रमुख कारण हो।
सूचक | २०८०/८१ | २०८१/८२ (चैत) | वृद्धि (%) |
---|---|---|---|
विदेशी मुद्रा सञ्चिति (रु.) | २०.४१ खर्ब | २४.२६ खर्ब | +18.9% |
विदेशी सञ्चिति (US $) | १५.२७ अर्ब | १७.६३ अर्ब | +15.4% |
रेमिट्यान्स (रु.) | १०.८२ खर्ब | ११.९१ खर्ब | +10.0% |
रेमिट्यान्स (US $) | ८.१४ अर्ब | ८.७४ अर्ब | +7.3% |
चालु खाता बचत (रु.) | १.७९ खर्ब | २.१० खर्ब | +17.3% |
शोधनान्तर स्थिति (रु.) | ३.६५ खर्ब | ३.४६ खर्ब | -5.2% |
प्रत्यक्ष वैदेशिक लगानी (रु.) | ६.४९ अर्ब | ८.९६ अर्ब | +38.1% |
मुद्रास्फीति (उपभोक्ता मूल्य) | ४.६१% | ३.३९% | घटावट |
निक्षेप संकलन वृद्धि | ७.२% | ५.७% | घटावट |
निजी क्षेत्र कर्जा वृद्धि | ४.६% | ७.१% | सुधार |