सहकारी बैंकका अध्यक्ष उप्रेती एमालेको महाधिवेशन प्रतिनिधिमा छनोट


काठमाडौं–राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन् ।  एमाले पार्टीका सबै विभाग र कार्यालयकोतर्फबाट छनोट हुने मध्ये पाँच जनामा उप्रेती पनि परेको सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उप्रेती राष्ट्रिय सहकारी महासंघको पनि सञ्चालक हुन् । 


राष्ट्रिय सहकारी बैंकमा राजनीतिकरण हुने गरेको आरोप लाग्दै आएको छ । सहकारी बैंकमा एमालेकरण गरेको आरोप लगाउँदै कांग्रेस निकटका सहकारीकर्मीले नेपाल सहकारी बैंक खोल्ने प्रक्रिया अघि बढाएका छन् ।
 

प्रतिक्रिया